Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

विदेशमा सस्तो बन्दै नेपाल टेलिकम रोमिङ सेवा 

विदेशमा सस्तो बन्दै नेपाल टेलिकम रोमिङ सेवा 

  • काठमाडौँ । विदेशमा  नेपाल टेलिकमको सुविधा झन् सस्तो हुनेभएको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न लाग्ने महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको हो ।  एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी सार्वजनिक गरेको  छ । 

    केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैङ्क खाता चलाउने टेलिकमको सिम निकै उपयोगी भएको कम्पनीको भनाइ छ । यसबाट  अन्य देशको कुनै मोबाइल सेवा प्रदायकको सिम चलाउनुपर्ने झन्झटको समेत अन्त्य भएको कम्पनीले जनाएको  छ । 

    रोमिङ सेवाको प्रभावकारी प्रयोगका लागि टेलिकमले आफू जान लागेको देशमा रोमिङ सेवा भए नभएको हेर्नुपर्ने, नेपालमै रोमिङ सेवा सक्रिय गर्नुपर्ने, सक्रिय गर्दा टेलिकमको वेबसाइटमा रहेको फारम डाउनलोड गर्नुपर्ने सुझाव दिएको छ । यसरी फारम भरिसकेपछि आफ्नो नागरिकता वा पासपोर्टको फोटोकपी र भरिएको फारम तोकिएको इमेल ठेगानामा पठाउनुपर्ने कम्पनीले जनाएको छ । 

    यसरी इमेलमा पठाइसकेपछि टेलिकमले प्रिपेड सिमको हकमा सामान्य अवस्थामै रोमिङ सेवा सुचालु गर्छ भने पोस्टपेड मोबाइलको हकमा भने पाँच हजार रुपियाँ हुनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ । 

    रोमिङ सेवा उपलब्ध हुने देशको सूची टेलिकमले आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । विदेशमा गएर रोमिङ सेवा सक्रिय गर्नुपर्ने अवस्थामा टेलिकमले उपलब्ध गराएको रोमिङ सेवा सञ्चालनसम्बन्धी फारम भरेर इमेल गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij