Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

फागुन महिनामा अधिकांश वाणिज्य बैंकहरूको आधार ब्याज दर घट्दो 

फागुन महिनामा अधिकांश वाणिज्य बैंकहरूको आधार ब्याज दर घट्दो 

  • काठमाडौं । फागुन महिनाका लागि  वाणिज्य बैंकहरूले ब्याज दर घटाएका छन् । फागुनको लागि आधार दर सार्वजनिक गरे अनुसार १९ वटै बैंकको आधार दर घटेको हो ।बैंकहरूको औसत आधार दर ९.६६ प्रतिशतबाट घटेर ९.४१ प्रतिशतमा सीमित भएको हो।

    ऋधिकांश वाणिज्य बैंकको आधार दर १० प्रतिशतभन्दा कम छ। कुमारी बैंक, प्राइम कमर्सियल बैंक र हिमालयन बैंकको आधार दर १० प्रतिशतभन्दा माथि छ। राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ७.९२ प्रतिशत छ। 

    बैंकहरूले आधार दरमा थप प्रिमियम तोकेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। पछिल्लो समय अधिकांश बैंकहरूले यस्तो प्रिमियम दर समेत घटाइरहेको देखिन्छ ।केही महिना अघिसम्म यस्तो प्रिमियम दर ७ प्रतिशतसम्म रहेकोमा हाल यो अधिकतम ५ प्रतिशत छ। धेरै जस्तो कर्जा योजनामा प्रिमियम दर अधिकतम ३ प्रतिशत छ।

    कर्जाको ब्याजदर घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाहरूबाट जारी हुने कर्जामा खासै वृद्धि हुन नसकेको विषयप्रति सरोकारवालाको चिन्ता बढिरहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पुस १६ गतेदेखि फागुन ९ गतेसम्म कर्जा ६४ अर्ब रूपैयाँले वृद्धि भएको छ।पुस १६ गते ५० खर्ब २४ अर्ब रूपैयाँ कर्जा रहेकोमा फागुन ९ मा ५० खर्ब ८८ अर्ब रूपैयाँ पुगेको हो। हाल बैंकहरूमा ६१ खर्ब ६२ अर्ब रूपैयाँ निक्षेप छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij