Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

सिन्धुपाल्चोकबाट अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ

सिन्धुपाल्चोकबाट अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ

  • काठमाडौं । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् । काठमाडौं प्रहरीले गरेको  अनुरोध अनुसार बाइबालाई बाह्रबिसेबाट पक्राउ गरिएको हो ।काठमाडौं प्रहरीको अनुरोधमा बाइबालाई पक्राउ गरिएको  सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी सार्वजनिक गरेका छन् ।

    कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता गरिएको छ ।त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय ग¥यो ।

    केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि हातपात गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij