Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता ल्याउन मालपोतले गरेको निर्णय फाइल झिकाउने सर्वोच्चको आदेश 

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता ल्याउन मालपोतले गरेको निर्णय फाइल झिकाउने सर्वोच्चको आदेश 

  • काठमाडौं । सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासले शुक्रबार सो निर्णय फाइल झिकाउन आदेश दिएको हो ।

    सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी सार्वजनिक गरे अनुसार पेसीको दिन सक्कल फाइल देखाउने गरी झिकाउन आदेश भएको छ ।मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि हाल चाँदवाग रेसिडेन्सी प्रालि बाँसबारीको नाममा पत्र चलान गरेको थियो ।

    मालपोतले २१ दिनभित्र प्रतिनिधि कार्यालयमा हाजिर हुनू र नआएमा कानुनबमोजिम हुने भन्दै  सो पत्र  चलान गरिएको थियो ।टोखा नगरपालिका वडा नम्बर ६ का अध्यक्षको रोहबरमा चाँदवागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको नाममा पत्र काटिएको सो  पत्रको विरूद्धमा सञ्जयले रिट दायर गरे । सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij