Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल , सबै मन्त्रीहरू फिर्ता ,सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल , सबै मन्त्रीहरू फिर्ता ,सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने

  • प्रधानमन्त्रीको निवास बालुवाटारमा तीन दलको बैठक बसेको छ। सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका छन्।

    सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्। आज एमालेबाट प्रमुख सचेतक पदम गिरी सरकारमा जाने टुंगो लागिसकेको छ। छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्। माओवादीको पदाधिकारी बैठक सकिएलगत्तै नयाँ गठबन्धनका तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन्। प्रधानमन्त्रीले आजै नयाँ गठबन्धन दलबाट सानो आकारमा मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्। अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij