Logo

Aug 23 2025 | २०८२, भदौ ७गते

Aug 23 2025 | २०८२, भदौ ७गते

images

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले परिणाम भोग्नुपर्ने प्योङयाङको चेतावनी

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले परिणाम भोग्नुपर्ने प्योङयाङको चेतावनी

  •  

    सोल । उत्तर कोरियाले मङ्गलबार यसै साता वासिङ्टन र सोलले सुरु गरेको ठूलो मात्राको सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने बताएको छ । साथै उसले दुवै सहयोगीलाई ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरेको छ । 

     

    यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । साथै पुनरमिलन तथा पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गरेको छ र ‘शून्य दशमलव ००१ मिलिमिटर’ सम्म पनि क्षेत्रीय उल्लङ्घन भए युद्धको धम्की दिएको छ । 

     

    वासिङ्टन र सोलले प्योङयाङबाट लगातार बढ्दो आणविक धम्कीको जवाफ दिन आफ्नो तयारी बढाउनका लागि सन् २०२३ को तुलनामा दुई गुणा सैनिकको सहभागिताका साथ सोमबारदेखि उनीहरूको वार्षिक वसन्त सैन्य अभ्यास सुरु गरेको बताएका छन् । 

     

    दुवैले ‘फ्रिडम सिल्ड’ मा ४८ फिल्ड अभ्यास समावेश गर्ने र क्षेप्यास्त्र अवरोध अभ्यास, बम विस्फोट, हवाई आक्रमण र प्रत्यक्ष हमला समावेश गर्ने बताएका छन् । 

     

    उत्तर कोरियाको रक्षा मन्त्रालयका एक अज्ञात प्रवक्ताले सोल र वासिङ्टनलाई ‘लापरवाहीपूर्ण’ र ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गर्नुभयो । “प्योङयाङको सेनाले अमेरिका र दक्षिण कोरियाको लापरवाहीपूर्ण सैन्य अभ्यासको कडा निन्दा गर्दछ र उत्तेजना र अस्थिरता निम्त्याउने कदमहरू रोक्न उनीहरूलाई कडा चेतावनी दिन्छ”, प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीद्वारा जारी विज्ञप्तिमा प्रवक्ताले भन्नुभयो । 

     

    “अमेरिका र दक्षिण कोरियाले आफ्नो भ्रामक छनोटका लागि महँगो मूल्य तिर्नुपर्नेछ, यसले प्रत्येक क्षणमा गम्भीर स्तरमा उनीहरूको सुरक्षा असुविधालाई निम्त्याएको महसुस गर्दैछ”, प्रवक्ताले भन्नुभयो । 

     

    उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ । उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ । 

     

    यस्तै प्रकृतिको पछिल्लो संयुक्त सैन्य अभ्यासमा हतियार परीक्षण गरिएको थियो । सोलले आफ्नो सेना उत्तर कोरियाको उक्साहटका लागि पूर्णरूपमा तयार रहेको जनाएको छ । 

     

    “उत्तर कोरियाले हाम्रो संयुक्त सैन्य अभ्यासको बहानामा उक्साउने कुरा गर्छ भने हामी तत्काल सुदृढ र अन्तिम कारवाहीको सिद्धान्तअनुसार ठूलो जवाफ दिनेछौँ”, दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । 

     

    उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई उत्तर कोरियाको ‘सबैभन्दा खतरनाक र पहिलो शत्रु राज्य तथा कट्टर शत्रु’ भन्दै गत महिना आक्रमण भएको अवस्थामा प्योङयाङ दक्षिण कोरियाको ‘अस्तित्व मेट्न’ नहिचकिचाउने बताउनुभएको थियो । एएफपी

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij