Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

साल्ट ट्रेडिङको साधारण सभा चैत २३ गते , १५ प्रतिशत बोनस सेयर दिने

साल्ट ट्रेडिङको साधारण सभा चैत २३ गते , १५ प्रतिशत बोनस सेयर दिने

  • काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चैत २३ गते ५७औं वार्षिक साधारण सभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले वार्षिक साधारण सभा बोलाएको हो । कर्पोरेसनले सभामा सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ ।

    साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गर्ने भएको छ । चैत ८ गतेसम्म कायम रहने सेयरधनीमात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij