Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

एक साता नबित्दै श्रीमानबाट तीन महिलाको हत्या

एक साता नबित्दै श्रीमानबाट तीन महिलाको हत्या

  • सिरहा।सिरहामा एक साता नबित्दै श्रीमान द्वारा तीन जना महिलाको विभत्स हत्या भएका छ्न। जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरका रामसितल दासले आफ्नै श्रीमती ५५ वर्षीया कुमिया देवी दासको धारिलो हतियारले घाटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता  तथा डिएसपी रविन्द्र राज पाण्डेले बताए । साढे ३ बजे   श्रीमान्‌ दास ले आफ्नै श्रीमती लाई खेतमा काम गरिरहेको बेला धारिलो हसियाले घाटी रेटी हत्या गरेको बताइएको छ। श्रीमतीको हत्या अभियोगमा श्रीमान्‌ दास लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता  तथा डिएसपी रविन्द्र राज पाण्डेले बताए । यो सगै सिरहामा एक साता नबित्दै तीन जना महिला लाई आफ्नै श्रीमान ले हत्या गरेका छ्न। यस्तै, गत फागुन २७ गते सिरहा नगरपालिका ६ बसपिट्टाका ६५ वर्षिय रामउदगार साहले आफ्नै श्रीमती ६० वर्षिय निर्मला साहको घाटीरेटी हत्या गरेको थियो। प्रहरीले हत्या अभियोगमा श्रीमान साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। उनले बाख्रा चराउन गएका श्रीमतीको चौरमै घाटी रेटेर हत्या गरेको बताइएको छ। त्यसैगरी, गतमाघ २६ गतेका दिन गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार महतोलाई आफ्नै श्रीमती ३५ वर्षिय अनिता कुमारी साहको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनको आफ्नै घरभित्र धारीलो हतियारले घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij