Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

डोरस्टेप डिजिटल सर्भिसले बैंकहरूको भौतिक शाखा घटाउने चुनौती

डोरस्टेप डिजिटल सर्भिसले बैंकहरूको भौतिक शाखा घटाउने चुनौती

  • काठमाडौँ । घरदैलामा सेवा पुग्न थालेपछि त्यसको प्रतिस्पर्धा बैंकिङ क्षेत्रमा पनि प्रवेश गरेको छ । बैंकिङ क्षेत्रमा डिजिटल सर्भिसले त्यसैपनि कतिपय काम शाखा नआइ नै हुने गरेको छ । तर बैंकिङ क्षेत्रमा घरदैला सेवा अर्थात् डोरस्टेप डिजिटल सर्भिसको सुरुवात भएपछि यस्तो प्रतिस्पर्धा हुने देखिएको हो ।

    कामना सेवा विकास बैंकले डोरस्टेप बैंकिङ सर्भिस सुरु गरेपछि यस्तो प्रतिस्पर्धा बढ्ने विज्ञहरू बताउँछन् । कामना सेवा विकास बैंकले विशिष्ट बचत खाता अन्तर्गत नेपालमै पहिलोपटक ‘डुअर स्टेप बैंकिङ सर्भिस’ प्रडक्ट ल्याएको जनाएको छ । 

    अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत बैंकले नगद जम्मा गर्ने, खाताबाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधा ग्राहकको घरदैला पु¥याउन मोबाइल एप प्रडक्ट ल्याएको बैंकले जनाएको हो ।बैंकका अनुसार बैंकिङ सेवा व्यवहारमा देखिने वा हुन सक्ने जोखिमको ध्यान दिइएर एप बनाइएको छ ।

    नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विनय दाहालले जनाए अनुसार   नगद माग गर्नेले   पैसा पाएपछि मात्रै स्क्यान गरेर ओटीपी कोड राख्दा मात्र रकम खाताबाट काटिने व्यवस्था गरिएको छ । बैंकिङ सेवाका लागि शाखा धाउनुपर्ने झन्झट समाप्त भएको उनको दाबी छ । विदेशमा बसेकाले आमाबाबु वा आफन्तलाई पैसा पाउन विदेशबाट सकिने गरी यो प्रविधियुक्त प्रक्रिया सहितको एप हो । यस्तो प्रविधिको विकासले काठमाडौँ उपत्यकाको एक वर्गीकिलोमिटर क्षेत्रमा रहेका बैंकहरूका भौतिक शाखाहरू घट्ने भएका छन् ।

    काठमाडौँ ललितपुर र भक्तपुरमा गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा संख्या १ हजार ५ सय ७० सञ्चालनमा छन् । उपत्यकाका उपत्यकाको  जनसंख्या करिब ३० लाख छन् । एक जानकारी अनुसार  २९ लाख ९४ हजार ३ सय ३४ जना रहेको छ । प्रतिशाखाले दिने सेवा  करिब दुई हजारले हो । 

    नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार काठमाडौँ जिल्लाको मात्रै जनसंख्या २० लाख १७ हजार १ सय १५ जना । बैंक तथा वित्तीय संंस्थानको शाखा संख्या १ हजार १ सय ३५ छ । बैंकको प्रतिशाखाले १ हजार ७ सय ७७ जनालाई सेवा दिन सकिने देखिन्छ ।

    ४ लाख २५ हजार ३ सय ९२ जनसंख्या भएको भक्तपुरमा बैंक तथा वित्तीय संस्थाको शाखा १ सय ४९ छन् । बैंक तथा वित्तीय संस्थाको प्रतिशाखाले २ हजार ८ सय ५४ जनालाई   सेवा दिने अवस्था रहेको देखिन्छ ।  ५ लाख ५१ हजार ८ सय २७ जना  जनसंख्या रहेको ललितपुरमा  बैंक तथा वित्तीय संख्याको शाखा संख्या २ सय ८६ छन् । प्रतिशाखाले १ हजार ९ सय २९ जनालाई सेवा दिने आधारमा काठमाडौँ उपत्यकामा भौतिक शाखाहरूले मोटामोटी दुई हजारलाई सेवा दिने अवस्था रहेको देखिन्छ ।

    काठमाडौं जिल्लामा  ८ लाख ७४ हजार २ सय ७६  जनसंख्या भएको काठमाडौँ महानगरपालिकामा  बैंक तथा वित्तीय संस्थाको शाखा ८ सय १ छन् । औसतरूपमा प्रतिशाखाले १ हजार ९१ जनालाई औसतमा सेवा दिने गरेका छन् । काठमाडौँ उपत्यकाको क्षेत्रफल ७२१ वर्ग किलोमिटर रहेको छ । करिब एक वर्गकिलोमिटरमा एक शाखा पर्छ  । डोरस्टेप डिजिटल सर्भिसले यस्ता शाखाको कटौतीलाई हाँक दिएको बैंकिङ सेवा विज्ञहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij