 
                                
                             
                                                            काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले जारी गरेको १० बुँदे मापदण्डका विषयमा सम्बद्ध सरोकारवालासँग छलफल अघि बढाएकी छिन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले मापदण्डबारे आज श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी हुन् ।
अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत सरोकारवाला निकायका उच्च अधिकारी छलफलमा उपस्थित थिए ।
छलफलपछि मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्तावमात्र भएको तर यो नै अन्तिम नभएको निष्कर्ष निकालिएको छ । द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने निष्कर्ष निकालिएको जनाइएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij