Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान फेरि गरिने

९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान फेरि गरिने

  • काठमाडौं । भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान फेरि गरिने भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले दिएको प्रतिवेदनका आधारमा फेरि अनुसन्धान गरेर पूरक अभियोग लैजाने भएको  जानकारी सार्वजनिक गरेका हुन् ।

    थप अनुसन्धानका लागि जिम्मेवारी प्राप्त भइसकेको छ, त्यसको कार्यान्वयनका लागि गृहकार्य  थालिसकिएको  उनले भने ।

    उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई मन्त्रालयमा बोलाएर प्रतिवेदन कार्यान्वयनमा लैजान निर्देशन दिएका थिए ।

    गत  बिहीबार आचार्य नेतृत्वको आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । मन्त्रिपरिषद्ले समेत प्रतिवेदनलाई कार्यानवयन गर्ने निर्णय गरिसकेको छ ।

    प्रतिवेदनमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, बेल्जियन नागरिक दावा छिरिङका व्यापारिक साझेदार मल्जिल श्रेष्ठ, भन्सार अधिकृतका सवारी चालक अविनाश राउत लगायतलाई मुद्दा चलाउन सिफारिस  गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij