Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

सरकारद्वारा श्रम सचिवको राजीनामा स्वीकृत चूडामणि पौडेललाई विशिष्ट श्रेणीको सचिवमा बढुवा

सरकारद्वारा श्रम सचिवको राजीनामा स्वीकृत चूडामणि पौडेललाई विशिष्ट श्रेणीको सचिवमा बढुवा

  • काठमाडौं । सरकारले  चूडामणि पौडेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

    मन्त्रिपरिषदले २३ भदौमा सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो । उनी हालसम्म सोही पदमा कायम छन् ।

    अब सचिव बढुवा भएसँगै उनको पदस्थापन पनि कर्णालीमै हुने छ । यसअघि  पौडेल २ पटक सचिव बढुवा सिफारिसमा परिसकेका थिए । उनी सिफारिस हुँदा एकपटक दिनेशकुमार घिमिरे र अर्को पटक राधिका अर्याल सचिवमा बढुवा भएकी थिइन् ।

    मन्त्रिपरिषद बैठकले ११ चैतमा अवकाश हुन लागेका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गरेको हो । भण्डारी ११ चैतदेखि अनिवार्य अवकाशमा जाँदै थिए । अवकाशमा जानुभन्दा ५ दिनअिघ उनको राजनीमा स्वीकृत भएको हो ।

    निजामती सेवा ऐन २०४९ को दफा ३७ अनुसार ०४९ कात्तिक २१ अगाडि सेवा प्रवेश गरेर ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीले अनिवार्य अवकाश हुन अगाडि स्वेच्छिक अवकाश (राजीनामा) रोजेमाा ६० वर्ष पुग्न बाँकी अवधि थपेर गणना हुने र त्यसैको आधारमा केही बढी पेन्सन पाउने व्यवस्था छ । यसकै कारण कतिपय सचिवहरुले ५८ वर्ष उमेर पुग्न केही दिन बाँकी छँदै वा ५ वर्षे कार्यकाल नसकिंदै राजीनामा दिने गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij