Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

प्रतिनिधिसभाको  निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल

प्रतिनिधिसभाको  निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गर्नुभएको छ । 

    राष्ट्रपति पौडेलले शनिबार एक वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई हार्दिक अपिल गर्नुभएको हो  । 

    राष्ट्रपति पौडेलले  वक्तव्यमा भन्नुभएको छ, “देशको अत्यन्त असहज परिस्थितिमा कठिन प्रयत्न पश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्  ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij