Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई राज्य व्यवस्था समितिको छलफलमा बोलाइयो 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई राज्य व्यवस्था समितिको छलफलमा बोलाइयो 

  • काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न बोलाएको छ ।समितिले  बुधबार बिहान ११ बजे हुने छलफल बैठकमा  उपप्रधानमन्त्री लामिछानेलाई बोलाएको हो ।

    सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने सो बैठकमा  गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

    कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ । सम्बन्धित मन्त्रालयको काम कारबाहीको विषयमा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको समितिका सचिव सुरजकुमार दुराले जानकारी सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij