Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

राज्य व्यवस्था तथा सुशासन समितिमा बोलाएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसले राजीनामा दिन भन्यो

राज्य व्यवस्था तथा सुशासन समितिमा बोलाएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसले राजीनामा दिन भन्यो

  • काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वको राज्यव्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएर राजीनामा दिन भनेको छ । कांग्रेसले सहकारी प्रकरणको छानबिन निष्पक्ष गराउनका लागि गृहमन्त्रीबाट रवि लामिछाने बाहिरिनुपर्ने बताएको हो । राज्यव्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले बोलाएको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कानुनभन्दा माथि कोही नहुने भएकाले सहकारी ठगीमा नाम जोडिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पदबाट बाहिरिनुपर्ने बताए ।

    कांग्रेसले संसद्मा पनि लामिछानेमाथि छानबिनको माग गरिरहेको छ ।नेपाली कांग्रेसका सांसद खतिवडा राज्य व्यवस्था समितिका सभापति हुन्  । पोखरा र बुटवलका सहकारीबाट ग्यालेक्सी टिभीमा रकम लिइएको र त्यसमा रवि लामिछानेको नाम पनि रहेको भन्दै छानबिन सुरु गरेर नसकिन्जेलसम्म पदबाट हट्नुपर्ने कांग्रेस सांसद बडुले बताए ।

    सांसद बडुले भने “ पोखरा र बुटवललगायतका सहरकारीबाट ग्यालेक्सी टिभीमा १० करोडजति रकम गएको भन्ने छ । त्यसमा रवि लामिछानेको नाममा पनि जम्मा भएको भन्ने छ । हामीलाई अचम्म लाग्यो, त्यो व्यक्ति को हो ? नाम मात्रै मिल्या संयोग हो कि ? हाम्रो गृहमन्त्रीको पनि त्यै नाम छ, उहाँ नै हो भने यसमा छानबिन भइरहेको छ । हामी स्पष्ट ढंगले छानबिन गर्छौं भनिरहेको छ । छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्री उहाँ नै हो भने निष्पक्ष छानबनिका लागि, छानबिन सुरु गराइहाल्ने र नसकिन्जेलसम्म जिम्मेवारीबाट बाहिरिएर जानु पर्ने हो ।”

    लोकतान्त्रिक गणतन्त्रमा कानुनको शासन स्थापित हुनुपर्ने सांसद बडूले बताए । उनले कोही पनि कानुनभन्दा माथि हुन्न भन्ने बुझ्नुपर्ने बताए । फरार रहेकाविरुद्ध रेड नोटिस जारी भएको भन्ने लामो समय भइसक्दा पनि अहिलेसम्म पक्राउ नभएको भन्दै बडूले आगामी दिनमा कसरी त्यसको समाधान हुन्छ भनेर सवाल सोधेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij