
काठमाडौं । पर्सा जिल्लाका पशुअधिकारकर्मीहरूले त्यहाँ स्थित राष्ट्रिय निकुञ्जमा तीन माघ मारिएको घटनाप्रति आपत्ति प्रकट गर्दै विरोध जनाएका छन् । पछिल्लो ५ महिनामा पर्सा राष्ट्रिय निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएकोबारे अधिकारकर्मीहरूले विरोध जनाएका हुन् ।
बाघ तथा सबै खालका पशुपंक्षीकाे पक्षमा काम गरिरहेका संस्था तथा अहिंसाप्रेमीहरूले काठमाडाैं बालुवाटारस्थित डब्लुडब्लुएफकाे कार्यालयअगाडि मंगलबार शान्तिपूर्ण प्रदर्शन गरे । कार्यक्रममा सहभागी पशुअधिकारकर्मी स्नेहा श्रेष्ठले पशुलाई मनाेरंजन या अन्य प्रयाेजनका नाममा थुन्ने काम सही नभएकाे बताइन्।
प्राणीअधिकार अभियन्ता कल्याण सिलवालले बताए, "पशुलाई जे गर्दा पनि हुन्छ भन्ने साेच गलत हाे। संसार सबैकाे साझा हाे। मान्छेले मनाेरंजन या अन्य नाममा पशुदाेहन या पशुहत्या गर्ने गरेका छन्, यसमा कमी आउनुपर्छ। निहत्था पशुमाथिकाे अन्याय राेकिनुपर्ने बताए।
यता, संरक्षणकै क्षेत्रमा लामाे समय काम गर्दै आएकी सृष्टिसिंह श्रेष्ठले बताइन्, "बनका हुन् या सडकका, सबै जनावरप्रति राज्यकाे जिम्मेवारी छ। पशुलाई जे गरेपनि हुन्छ भन्ने अवधारणा पुरानाे हाे।राज्यले गैरमान्छेका पनि दुख देखाेस्।
सो कार्यक्रममा चितवनको भरतपुर महानगरपालिकाले बाघलाई खोरमा थुनेर पर्यटकलाई 'मनोरंजन' दिन थालेकोबारे पनि विरोध भएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij