Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images
निगरानी

सौरभ अग्रवालद्वारा सञ्चालित चेन रेस्टुरेन्ट  ‘सजन गोठ’ द्वारा ठूलो परिमाणमा राजस्व छली


नया सडक

२०८०, चैत २१ बुधबार

  • 4.5k
    Shares

  • सौरभ अग्रवालद्वारा सञ्चालित चेन रेस्टुरेन्ट  ‘सजन गोठ’ द्वारा  ठूलो परिमाणमा राजस्व छली

    काठमाडौं । सौरभ अग्रवालले सञ्चालन गरेको चेन रेस्टुरेन्ट  ‘सजन गोठ स्विट एन्ड नमकिन’ ले करोडौँ राजस्व छलेको छ ।काठमाडौंको त्रिपुरेश्वर, कमलादी, तहाचल , सामाखुसीमा र कुमारीपाटी ललितपुरमा  चेन रेस्टुरेन्टको रूपमा सञ्चालित शाकाहारी रेस्टरन्ट ‘सजन गोठ’ ले कारोबारमा करोडौँ रकम राजस्व छलेको हो ।

    विगत लामो समयदेखि काठमार्डौमा रेस्टुरेन्ट  र क्याटरिङको काम गर्दै आएको ‘सजन गोठ’ ले विभिन्न प्रकारका शाकाहारी खाद्यपदार्थ र मिठाइसमेतको कारोबार गर्दै आएको छ । विशेषगरी मारवाडी समुदायको विवाह, पुजा, पास्नीलगायतका धार्मिक एवं पारिवारिक समारोहहरूमा ‘सजन गोठ’ ले क्याटरिङको काम गर्ने गर्दछ । काठमाडौंस्थित मारवाडी समुदायको सामाजिक ,धार्मिक एवं पारिवारिक कार्यक्रमहरूमा ६० देखि ८०प्रतिशतसम्म क्याटरिङको काम सजन गोठले गर्दै आएको छ ।

    ‘सजन गोठ’ ले क्याटरिङको काम गर्दा एकआध भन्दा बाहेकलाई भ्याट बिल काट्दैन् । एउटा फङसन न्यूनतम ५ देखि ५० लाखसम्मको बिल उठ्ने गर्दछ । ‘सजन गोठ’ ले अधिकांश फङसनहरूमा उठेको बिलको भ्याट बिल दिँदैन् । रेस्टुरेन्टहरूमा ठूलो परिमाण मिठाई र मिठाइजन्य खाद्य पदार्थ बिक्री गर्दा समेत ‘सजन गोठ’ ले भ्याट बिल दिँदैन् । ‘सजन गोठ’ का एक ग्राहकका अनुसार ‘सजन गोठ’ ले वर्षौदेखि यसरी नै राज्यलाई तिर्नुपर्ने राजस्व छली गरिरहेको छ ।

    ‘सजन गोठ’ मा कार्यरत एक कामदारका अनुसार ‘सजन गोठ’ मा अधिकांश कामदार भारतीय नागरिक छन् । कारखना र मुख्य पदमा भारतीय नागरिक भएको उनले बताए । कर्मचारी र कामदार गरी ५० भन्दा बढी कार्यरत ‘सजन गोठ’ मा अधिकांश भारतीय छन् ।सौरभ अग्रवालको एकल स्वामित्वमा सञ्चालित ‘सजन गोठ’  मूल्य अभिवृद्धि कर , आयकर,सामाजिक सुरक्षा कर समेत ठूलो परिमाण छल्दै आएको बताइएको छ ।

    ‘सजन गोठ’ ले विभिन्न प्रकारका मिठाई, नमकिन, भुजिया, ड्राइफ्रुटका अलावा समोसा, चाट, पानीपुरीलगायतका शाकाहारी खाद्य पदार्थ उत्पादन र बिक्री वतरण गर्दै आएको छ ।यससम्बन्धमा ‘सजन गोठ’ का सञ्चालक सौरभ अग्रवालले आफूहरूले राजस्व नछलेको बताए । यता राजस्व अनुसन्धान विभागले  राजस्व छली गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउने बताएको छ । 

     

    प्रतिक्रिया दिनुहोस