Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता शाहीको पद निलम्बित

नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता शाहीको पद निलम्बित

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा भ्रष्टाचार भएको दाबी गरी मुद्दा हाल्ने बित्तिकै नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद निलम्बित हुन पुगेको छ । अख्तियारले शाहीसमेत ३२ जना विरुद्ध मुद्दा दायर गरे लगत्तै उनका प्रदेश संसद पद स्वतः निलम्बनमा परेको हो ।

    भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।

    दुई वटा वाइडवडी विमान खरिदमा भ्रष्टचार गरेको भन्दै अख्तियारले पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाहीसहित ३२ जना उपर  मुद्दा दर्ता  गराएको छ । 
    वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टचार भएको अख्तियारको दाबी जिकिर छ ।४ मंसिर २०७९ मा सम्पन्न निर्वाचनबाट  शाही हुम्ला प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij