Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

शुक्रबार बिहान बैतडी जिल्लाको झौलेक ट्र्याक्टर दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

शुक्रबार बिहान बैतडी जिल्लाको झौलेक ट्र्याक्टर दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

  • काठमाडौं ।  बैतडी जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।  

    बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले  जानकारी सार्वजनिक गरे अनुसार  दुर्घटनामा  दुई जनाको मृत्यु भएको  छ ।  परिचय नखुलेका ट्र्याक्टर चालक   र  त्यसमा सवार राजेश चौधरीको मृत्यु भएको हो ।  

    दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ ।  दुर्घटनाको कारण बारे प्रहरीको अनुसन्धान जारी रहको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij