Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

अमेरिकामा विश्व बैंकका पदाधिकारीहरूसँग अर्थमन्त्री पुनको भेटवार्ता , लगानी सम्मेलनमा उत्साहका साथ सहभागिता जनाउन आग्रह

अमेरिकामा विश्व बैंकका पदाधिकारीहरूसँग अर्थमन्त्री पुनको भेटवार्ता , लगानी सम्मेलनमा उत्साहका साथ सहभागिता जनाउन आग्रह

  • काठमाडौं । अमेरिका भ्रमणमा रहेका  अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् ।

    अर्थमन्त्री पुनले विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन उपाध्यक्ष  निसिओ  र पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष  वाङ्चेन दुवैसँग  वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा मंगलबार राति भेटेका  हुन् ।

    साथै   उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटे ।

    विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग उनले आगामी जुनमा काठमाण्डौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)-२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए ।

    नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौं घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको अर्थमन्त्री पुनले जानकारी  दिए ।

    १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि अर्थमन्त्री पुनले प्रशंसा गरे ।विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए ।

    आईएफसीका उपाध्यक्ष पुलिटीसँगको भेटमा मन्त्री पुनले आगामी दिनमा आईएफसी र नेपालबीचको सहकार्य थप प्रगाढ र सुदृढ भएर जाने विश्वास व्यक्त गरे ।उनले आगामी जुनमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक आयोजना गरिएको पनि जानकारी गराए ।

    तीनवटै भेटमा वैदेशिक लगानी भित्र्याउन आगामी १६ र १७ वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिएको जनाउँदै  अर्थमन्त्री  पुनले   त्यसमा उच्चस्तरको सहभागिताको नेपालले गरेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij