Logo

Jul 13 2025 | २०८२, असार २९गते

Jul 13 2025 | २०८२, असार २९गते

images

विभिन्न ब्राण्डका दुई करोड वीस लाख बराबरका सुर्टिङ सटिङ कपडाहरू नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाइयो

विभिन्न ब्राण्डका दुई करोड वीस लाख बराबरका सुर्टिङ सटिङ कपडाहरू नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाइयो

  •  काठमाडौं । पर्सा प्रहरीले राजस्व छली गरी गोदाममा राखेको दुई करोड बीस लाख बराबरको विभिन्न ब्राण्डका कपडाहरू नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

    विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट विभिन्न प्रकारका  अन्दाजी मूल्य रु दुई करोड बीस लाख बराबरको मालवस्तुहरू  नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाइएको पर्सा प्रहरीले जनाएको हो । नियन्त्रणमा लिइएको सो मालवस्तु शुक्रबार बैशाख ७ भन्सार कार्यालयलाई बुझाइयो ।

    प्रहजरीले जनाए अनुसार  मिति २०८१।०१।०६ गते अं.१६ः३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.६ तुल्स्यान मार्केट ( पमपम बिल्डिङ्ग) मा घरकोठा भाडामा लिइ सोही बिल्डिङमा संचालन गरेका जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ बस्ने वर्ष २४ को आकाश कुमार गुप्ता, ऐ.वडा नं.६ बस्ने वर्ष ४४ को रामएकवाल कुशवाहाको गोदाम तथा हाल सम्म नामथर वतन नखुलेका छ वटा अन्य गोदामहरूबाट  सर्टिङ सुर्टिङ थान कपडा, सर्ट थान कपडा, पाइन्ट थान कपडा, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान कपडाहरू समेत गरी  दुई करोड बीस लाख बराबरको मालवस्तुहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij