Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

राष्ट्रिय विकास परिषद्को बैठक होटलमा राखेकोमा प्रधानमन्त्री प्रचण्डको असन्तुष्टि

राष्ट्रिय विकास परिषद्को बैठक होटलमा राखेकोमा प्रधानमन्त्री प्रचण्डको असन्तुष्टि

  • काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय योजना  आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  राष्ट्रिय विकास परिषद्को बैठक होटलमा राखेकोमा असन्तुष्टि जनाएका छन् ।बिहीबार आयोगले १६औं योजनाको मस्यौदामाथि छलफल गर्न राजधानीको एक होटलमा बैठक राखेकोमा प्रधानमन्त्री पचण्डले यस्तो असन्तुष्टि जनाएका हुन् । 

    बैठकलाई सम्बोधन गर्ने क्रममा होटलमा कार्यक्रम आयोजना गरिएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।उनले  आफू   कार्यक्रममा आउँदै गर्दा योजना आयोगका उपाध्यक्षलाई  किन होटलमा कार्यक्रम राखेको, सिंहदरबारमा हाम्रो हल  छँदैछ निभनी सोधेको खुलाए ।

    बैठकमा सामूहिक छलफलको समेत कार्यक्रम राखिएका कारण स्थान अपुग हुने भएर होटलमा कार्यक्रम राखिएको जवाफ उपाध्यक्षले दिएको प्रधानमन्त्री प्रचण्डले जनाए । प्रधानमन्त्री प्रचण्डले  आगामी दिनमा यस्ता सबै कार्यक्रम सिंहदरबारमै गरौं, त्यहाँ जति पनि ठाउँ छ  भनी  भनेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij