Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

एडीबीका उपाध्यक्ष इङमिङले प्रधानमन्त्री प्रचण्डसँग भेटी लगानी गर्न तयार रहेको बताए

एडीबीका उपाध्यक्ष इङमिङले प्रधानमन्त्री प्रचण्डसँग भेटी लगानी गर्न तयार रहेको बताए

  • काठमाडौँ । एसियाली विकास बैंक(एडीबी)का उपाध्यक्ष इङमिङ याङले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडीबीको महत्वपूर्ण लगानी रहेको बताए । नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी पनि प्रधानमन्त्री प्रचण्डले  दिए ।

    प्रधानमन्त्री प्रचण्डले  सरकारले कानुनी एवं नीतिगत सुधार गरी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको र यो नेपालमा लगानीको उपयुक्त अवसर भएको पनि एडबीका उपाध्यक्षलाई बताए ।

    भेटमा एडबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडबी तयार रहेको र  आगामी दिनमा नेपालमा थप लगानी गर्ने गरी बैंकले रणनीति तय गर्ने बताए ।भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा एवं एडबीका नेपालस्थित उच्च अधिकारीको पनि उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij