Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

प्रधानमन्त्री प्रचण्डद्वारा पहिलो पटक नेपालमा गाडी उत्पादन गर्ने हुन्डाई एसेम्बल प्लान्टको उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा पहिलो पटक नेपालमा गाडी उत्पादन गर्ने हुन्डाई एसेम्बल प्लान्टको उद्घाटन

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाडी निर्माण गर्ने  नेपालकै गाडी एसेम्बल प्लान्टको उद्घाटन गरेका छन् ।नेपालको नवलपरासीमा  सञ्चालन हुने दक्षिण कोरियाको गाडी निर्माता कम्पनी हुन्डाईको एसेम्बल प्लान्टको प्रधानमन्त्री प्रचण्डले शुक्रबार उद्घाटन गरेका हुन् ।

    नेपालमा आफ्नो आधिकारिक विक्रेता लक्ष्मी ग्रुपको लक्ष्मी मोटर कर्पोरेसनसँगको साझेदारीमा हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको हो । 

    सरकारी नीतिका कारण कर्पोरेसनले २०७६ सालमा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरे पनि यसअघि सञ्चालनमा ल्याएको थिएन् । सरकारले बजेटमा एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति बनाएपछि कर्पोरेसनले प्लान्ट निर्माणको कामलाई अगाडि बढायो ।

    प्लान्ट स्थापनाको पाँच वर्षभित्र वार्षिक २० हजार थान गाडी उत्पादन गर्ने योजनामा कोरियाली कम्पनी मोट्रेक्सको छ । यसैगरी  प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि भने वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन  गर्न सकिने छ ।

    सुरुवाती अवस्थामा सम्पूर्ण पार्टपुर्जा आयात गरेर नै कम्पनीले नेपालमा गाडी एसेम्बल गर्ने छ । तर, विस्तारै नेपालमै कम्पनीले पार्ट्स पनि उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    लक्ष्मी ग्रुपको लक्ष्मी इन्टरकन्टिनेन्टलले २०६६ सालबाट हुन्डाई कम्पनीका गाडी नेपालको डिलरका रूपमा बिक्री गर्न थालेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij