Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

नेपाल चिया विकास निगम लिमिटेडका सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटियासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल चिया विकास निगम लिमिटेडका सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटियासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौं । झापा बिर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटियासहित चारजनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३९ लाख ८९ हजार ६ सय ७७ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो।

    आयोगले बिलोटियासँगै तत्कालीन लेखापाल मनीषकुमार कर्ण, तत्कालीन अफिस कर्ल्क राजु भनिने गुणराज श्रेष्ठ र नेपाल विद्युत प्राधिकरण, भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल बेदबहादुर रानालाई पनि भ्रष्टाचारको अभियोग लगाएको छ।

    विद्युत प्राधिकरणलाई विद्युत महसुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकम बुझाई भ्रष्टाचार गरेको उजुरीमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

    अनुसन्धानका क्रममा निगमले आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्म तिर्नुपर्ने विद्युत महसुल रकम १ करोड ९३ लाख ६५ हजार ६ सय ५१ रुपैयाँ रहेको तथ्य फेला परेको छ । तर, नक्कली बिल भरपाई पेस गरी २ करोड ३३ लाख ५५ हजार ३ सय २९ रुपैयाँ लिन लगाएको अनुसन्धानले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij