
काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै लामिछानेलाई निर्दोष ठहर गरेको हो ।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।
सो फैसला उल्टाइ पाउँ भनी लामिछानेले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले क्रिकेटरलाई निर्दोष ठहर गरेको हो ।
उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठह¥याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij