Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

औषधिको गुण रहेको राजा च्याउ अर्थात किङ्ग ओइस्टर

औषधिको गुण रहेको राजा च्याउ अर्थात किङ्ग ओइस्टर

  • काठमाडौ । विश्व बजारमा मात्र नभएर नेपाली बजारमा समेत च्याउको बजार माग राम्रो रहदै आएको छ । उपभोग गर्नेहरुको कुनै कमी देखिदैैन् । तर स्वाद र पोषणको विषयमा सबै जानकार भने छैनन् । पोषणको मात्रा बढि भएको एनसी ब्राण्डको ‘किङ्ग ओइस्टर च्याउ’नेपालमा बिक्री हुने च्याउ मध्यकोे एक हो ।

    जुन नेपालमा ६ वर्ष अघि मात्रै भित्रिएको हो । हाल यस च्याउको बजार माग हवात्तै बढेको छ । औषधिको गुण रहेको यस च्याउलाई राजा च्याउ अर्थात किङ्ग ओइस्टरको नामले पनि चिनिन्छ ।

    एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक दिपक प्रसाद न्यौपाने पाँच वर्ष अघि आफू चीन भ्रमणमा जाँदा हरेक भोजनमा यो च्याउको परिकार भेटिएको बताउँछन् । सोही भ्रमणकै क्रममा यो च्याउलाई नेपाल भित्र्याउने हुटहुटी उनमा जाग्यो । अनि साथीसँग मिलेर त्यो च्याउलाई नेपाल ल्याउने योजना बुने उनले । ‘सोही भ्रमणकै क्रममा यो च्याउलाई नेपालमा भित्र्याउन सकिन्छ कि भनेर योजना बन्यो, उनले भने, दोस्रो पटक च्याउकै लागि चीन भ्रमणमा गयौं ।

    आयात गरि च्याउ उपभोग गर्नुपर्ने र्ने बाध्यता यहाँ छ, सो बाध्यतालाई कम गर्न र नेपालमा सधै ताजा च्याउ उपलब्ध होस भन्नका लागि यो च्याउ भित्र्याएका हौँ उनले भने नेपालमा बाह्रमास च्याउ उत्पादन गर्न समस्या नै छ । जसका लागि माग अनुसार पूर्ति भएको छैन । ‘आयात गरि च्याउ उपभोग गर्नुपर्ने बाध्यता छ, सो बाध्यतालाई कम गर्न र नेपालमा सधै ताजा च्याउ उपलब्ध गराउनका लागि यो च्याउ भित्र्याएका हौँ,’ न्यौपानेले भने, ‘मकै, चोकर, गहुँको पिठो, पिना लगायतका कच्चा पदार्थ प्रयोग गरी यो च्याउ तयार गरिन्छ ।

    यो अर्गानिक च्याउ हो । यो च्याउ तयार गर्नका लागि कच्चा पदार्थ तराईमा उपलब्ध हुने भएकाले गैडाकोटमा यसको कम्पनी रहेको न्यौपाने बताउँछन् । ‘यो च्याउ उत्पादन गर्न उच्च प्रविधि चाहिन्छ, जसका लागि हामीले चीनबाटै दुई जनालाई वर्किङ भिसामा ल्याएका छौँ।


    न्यौपानेले दावी गरे अनुसार, यो च्याउ पुर्ण रूपमा अर्गानिकमात्रै छैन,यसको उपयोगले शरीरको प्रतीरक्षा प्रणालीलाई बलियो बनाउन पनि उत्तिकै मद्घत गर्छ । एन्टी भाइरल र एन्टी माइक्रोवियल तत्व प्राप्त गर्न,मधुमेह ,मुटु तथा निश्चित ट्युमर विरामीहरुको लागी अति उत्तम हुनुका साथै यसको उपयोगले मोटोपन घटाउन पनि सहयोग पुरयाउने न्यौपानेको दावी छ ।


    लामो समय सम्म भण्डारण गर्न सकिने,ब्रेस्ट र प्रोस्टेट क्यान्सरबाट बचाउन सहयोग पुरयाउने यो च्याउ अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कच्चा पदार्थवाट उत्पादन गरिएको उनी बताउँछन् ।

    यस कम्पनीबाट ८० देखि ९० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष ५ सय जनाभन्दा बढि नै रहेको उनी जनाउँछन् । ‘च्याउ उत्पादनका लागि ५० करोड रुपैयाँ लगानीको योजना छ । हाल हामीले ३० करोड रुपैयाँभन्दा माथि लगानी गरीसकेका छौँ,’ न्यौपानेले भने,‘प्रतिदिन ४ हजार केजी च्याउ उत्पादन गछौँ । सोही बराबरको कम्पोष्ट मल पनि ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij