Logo

Jun 16 2024 | २०८१, असार २गते

images

काठमाडौंको चोभार सुक्खा बन्दरगाहबाट निर्यात शून्य


२०८१, जेठ १० बिहीबार

  • 339
    Shares

  • काठमाडौंको चोभार  सुक्खा बन्दरगाहबाट निर्यात शून्य


    काठमाडौं ।  चोभार सुख्खा बन्दरगाहाबाट निर्यात शून्य भएको छ । चालु आर्थिक बर्षको १० महिनामाको अवधीमा चोभार सुक्खा बन्दरगाहबाट निर्यात शून्य भएको हो । चोभार सुख्खा बन्दरगाहबाट चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चोभारबाट साउन–वैशाखमा ८२ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको आयात भएको छ । यो बन्दरगाहबाट कुल आयातको ०.०६ प्रतिशत वस्तु आयात भएको छ । 
    १० महिनाको अवधीमा कुल १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको । निर्यात १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको भएको छ ।नेपालका कुल २९ भन्सार विन्दु र सुक्खा बन्दरगाहरुबाट अन्तर्राष्ट्रिय व्यापार हुँदै आएको छ । जसमध्ये सबैभन्दा धेरै व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको छ । यो भन्सारबाट ४ खर्ब ४७ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको ३४.३२ प्रतिशत हो । यस भन्सारबाट २५ अर्ब ४७ करोड रुपैयाँ बराबरको वस्त निर्यात भएको छ । यो कुल निर्यातको २०.१९ प्रतिशत हो ।

    images

     

    प्रतिक्रिया दिनुहोस