Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

९ दिनपछि कैलाश सिरोहिया रिहा

९ दिनपछि कैलाश सिरोहिया रिहा

  • काठमाडौं ।  सहकारी ठगी लगायत विषयमा श्रृंखलाबद्ध शोधपूर्ण समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ ९१० मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ ।  सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij