Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

बाइडेनले अवैध रुपमा सीमा पार गर्ने आप्रवासी नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

बाइडेनले अवैध रुपमा सीमा पार गर्ने आप्रवासी नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

  • वासिङ्टन डिसी ।अधिकारीहरूले सीमा क्षेत्रमा आप्रवासीको भीड भएको बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार अवैध रूपमा दक्षिणी सीमा पार गरी शरण खोज्नेहरूमाथि प्रतिबन्ध लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । 

    वरिष्ठ प्रशासन अधिकारीले बताएअनुसार ‘बाइडेनले लामो समयदेखि विचार गर्दै आउनुभएको यस विषयमा प्रभावकारी सीमा नियन्त्रणले एकै पटकमा अमेरिका–मेक्सिको सीमामा प्रवेश गर्ने बन्दरगाहमा लगातार सात दिनसम्म औसत प्रति दिन दुई हजार ५०० अवैध आप्रवासी भित्रिने समस्या निर्मुल हुनेछ ।

    यो हालको गम्भीर विषय भएकाले आदेश हस्ताक्षर भएपछि तुरुन्तै लागू हुने र जतिसक्दो छिटो आप्रवासीहरू फिर्ता गर्न सीमा अधिकारहरूलाई सशक्त निर्देशन दिइनेछ, ह्वाइट हाउस सम्वद्ध एक अधिकारीले पत्रकारलाई जानकारी गराउनुभयो ।

    मङ्गलबारको यो कार्यकारी आदेशभन्दा पहिले  संयुक्त राज्य अमेरिकामा शरण खोज्ने अवैध आप्रवासीलाई सामान्यतया अस्थायी रूपमा देशमा प्रवेश गर्न अनुमति दिइन्थ्यो  । नयाँ निर्देशनअनुसार लगातार सात दिनसम्म दैनिक सीमा पार गर्नेको सङ्ख्या  एक हजार ५०० वा सोभन्दा कम रहे दुई हप्तापछि अमेरिकामा शरण खोज्नेहरूका लागि सीमा पुनः खुल्नेछ । 

    बालबालिका तथा मानव बेचबिखनका पीडितहरूलाई भर्खरै घोषणा गरिएका प्रतिबन्धहरूबाट छुट दिइएको छ । तथापि यस्तो छुटले सम्भावित रूपमा सीमानामा खतरनाक यात्रा गर्ने बालबालिकाको तीव्र वृद्धि हुनेमा आप्रवासनमामिला हेर्ने अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

    कार्यकारी आदेशलाई देशको बिगिँ्रदो आप्रवासन प्रणालीबारे मतदाताहरूको चिन्ता कम गर्न लिइएको चुनावी कदमका रूपमा हेरिएको छ । राष्ट्रपति बाइडेनको हालसम्मको कार्यकालमा आप्रवासन नीतिको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको राष्ट्रिय सुरक्षा खर्चमा खुला सीमालाई मौलिक रूपमा सहयोग गरेको भन्दे उहाँ लगातार रिपब्लिकनहरूको आलोचनाको बिषय बन्नुभएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij