Logo

Feb 18 2025 | २०८१, फागुन ६गते

Feb 18 2025 | २०८१, फागुन ६गते

images

चौधरी ग्रुपको सिजी मोबाइलको लाइसेन्स स्वतः खारेजीमा

चौधरी ग्रुपको सिजी मोबाइलको लाइसेन्स स्वतः खारेजीमा

  • काठमाडौं । चौधरी ग्रुपको मोबाइल सेवाको अनुमति खारेज भएको छ ।नेपाल दूर सञ्चार प्राधिकरणले चौधरी ग्रुपको सीजी  मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको  जनाएको हो ।

    प्राधिकरणका अनुसार तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि लाइसेन्स  स्वतः खारेज भएको छ ।सिजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चा प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स प्राप्त गरेको  थियो ।

    तर कम्पनिको तर्फबाट तोकिएको अवधिमा निवेदन नै नदिएकाले स्वतः खारेजीमा परेको छ ।  सूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वतः खारेज भएको हो ।गत वर्ष २०८० मंसिरदेखि नै लागू हुनेगरी सीजीको लाइसेन्स खारेज भएको प्राधिकरणले सार्वजनिक जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij