Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

दरबार मार्गस्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागको छापा, करोड भन्दा बढी रकमसहित कागजपत्र नियन्त्रणमा

दरबार मार्गस्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागको छापा, करोड भन्दा बढी रकमसहित कागजपत्र नियन्त्रणमा

  • काठमाडौं । काठमाडौंको दरबार मार्गस्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।विभागले छापामारी एक करोड पाँच लाख भन्दा बढी रकम र कागजपत्र नियन्त्रणमा लिएको हो ।

    यसक्रममा विभागले क्यासिनोको सेफ , लकर र केही डिभाइससमेत नियन्त्रणमा लिएको राजस्व अनुसन्धान स्रोतले जनाएको छ । विनय शाहलगायतले सञ्चालन गरेको उक्त क्यासिनोमा अवैध विदेशी मुद्राको कारोबार तथा राजस्व चुहावट भएको आशंकामा राजस्वले छापा हानेको विभाग स्रोतले बताएको छ ।

    राजस्व चुहावट नियन्त्रणमा आक्रामक बनेको अनुसन्धान विभागले पछिल्लो समय रक्सी करोबार, कपडा, कबाडीलगायतका कारोबार गर्ने स्थलहरूमा छापामारी गरी अनुसन्धान गरिरहेको छ । भन्सार छली र न्यून बीजकीकरणलाई नियन्त्रण गर्न विभागले भन्सारबाट छुटेका मालवाहक सवारी साधनको समेत अनुसन्धान तीव्र बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij