Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

काटिएका मध्ये ११उद्योगलेले बक्यौता बुझाएर विद्युत् प्रसारण लाइन जोड्न लगाए

काटिएका मध्ये ११उद्योगलेले बक्यौता बुझाएर विद्युत् प्रसारण लाइन जोड्न लगाए

  • काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काटेका लाइन उद्योगीहरूले तिरेपछि जोडेको जानएको छ । काटिएकाहरू मध्ये हालसम्म ११ वटा उद्योगले बक्यौता रकम बुझाएर विद्युत लाइन पुनः जोड्न लगाएका हुन् ।नतिर्ने मध्ये रिलायन्स स्पिनिङ मिलले २ करोड ७५ लाख रुपैयाँसहित ठूलो रकम भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणका अनुसार गत कार्तिक ४ गते पछाडि बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने कार्य सुरु गरिएकोमा  सुरुमा २५ वटा उद्योगको लाइन काटिएकोमा अहिले ११ वटाले किस्ता वा पूर्ण रकम तिरेर लाइन जोडेका छन् । रिलायन्स स्पिनिङ मिलले बिहीबार  प्रिमियम महसुलको पहिलो किस्ता २ करोड ७५ लाख रुपैयाँ तिरेको हो ।

    यसअघि १० उद्योगले ३० लाख ५८ हजार रुपैयाँ बुझाएको जानकारी प्राधिकरणले दिइएको थियो  । यसरी किस्ता बराबरको रकम बुझाउनेबित्तिकै लाइन जोड्ने नीति प्राधिकरणले अपनाए अनुसार लाइन जोडिएको हो ।

    लाइन जोडिएकाहरूमा  घराना फुड्स, सिद्धार्थ पेट प्लास, एसआर फुड्स, गोयनका फुड्स, पञ्चकन्या इन्डस्ट्री, श्याम प्लास्टिक उद्योग, भल्बारी सुचालु कारखाना, पञ्चकन्या प्लास्टिक, एडुस रोलिङ मिल, एसआर स्टिल इन्डस्ट्रिज र  रिलायन्स स्पिनिङ मिल रहेका छन् ।

    २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता यी उद्योगहरूले बुझाएका हुन् । प्राधिकरणका अनुसार जसले बक्यौता रकम किस्ता वा पूर्ण रूपमा बुझाउँछ उसको विद्युत लाइन तत्कालै जोडिनेछ । 

    यो अभियानले गर्दा लामो समयदेखि बक्यौता नतिरेका उद्योगहरूलाई भुक्तानी गर्न दबाब परेको र राजस्व संकलनमा सहयोग पुगेको प्राधिकरणको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij