Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

ललितपुरमा दुई दिने श्रमाधान रोजगार मेला

ललितपुरमा दुई दिने श्रमाधान रोजगार मेला

  • काठमाडौं । बागमती प्रदेशको ललितपुरमा मंगलबारदेखि दुई दिने श्रमाधान रोजगार मेला सुरु भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा श्रमाधान रोजगार मेला सुरु भएको हो ।

    ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा मंगलबार बिहान ११ बजे शिक्षा तथा विज्ञान प्रविधि मन्त्री मन्त्री सुमना श्रेष्ठले मेलाको उद्घाटन गरिन् ।

    मन्त्रालयले आयोजना गरेको मेलाको संयोजनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटेल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ सहयोगी रहेका छन् ।  मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij