Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा दायर

सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा दायर

  •  

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको, गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोप उनीहरु विरुद्ध लागेको छ । आयोगले आरोपीविरुद्ध समान रु ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ बराबरको बिगो दाबी गरेको छ ।

    आयोगले नगरपालिकाका योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध रु ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ बराबरको बिगो दाबी गरेको छ ।

    आयोगले जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध भने कैद र जरिवानाको मात्रै माग दाबी गरेको छ । वाग्मती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता गरेको आरोप उनीहरुमाथि लागेको छ । आयोगले आरोपीहरुविरुद्ध बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले राससलाई जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij