
काठमाडौं । बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजले निष्कासन गर्न लागेको आईपीओको प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट र सनलाइफ क्याफिटललाई नियुक्त गरेको छ ।
बुधवार एक कार्यत्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटलको तर्फबाट सञ्चालक राजकुमार अर्याल तथा बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजको तर्फबाट अध्यक्ष नवराज बुर्लाकोटीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका छन् ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । अव आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij