Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images

घरजग्गामा कुन वाणिज्य बैंकको कति लगानी : हेर्नुहोस सूचिसहित


नया सडक

२०८१, जेठ ३२ शुक्रबार

  • 573
    Shares

  • घरजग्गामा कुन वाणिज्य बैंकको कति लगानी : हेर्नुहोस सूचिसहित

    काठमाडौ । बैंकहरूको ठूलो कर्जा प्रवाह घरजग्गातर्फ जाने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले २० वटा वाणिज्य बैंकको २ खर्ब १३ अर्ब २० करोड ४० लाख रूपैयाँभन्दा बढी लगानी घरजग्गामा गएको देखाएको छ ।यो रकम आवासीय घरकर्जा बाहेकको रकम हो । पछिल्लो समय बैंकहरू व्यापारिक घरजग्गा कारोबारभन्दा आवासीय घरकर्जामा आकर्षित भएका छन् ।

    गत साउनसम्म घरजग्गामा (रियल स्टेट) बैंकहरूले प्रवाह गरेको ऋण २ खर्ब ८ अर्ब ४७ करोड १० लाख रूपैयाँ थियो । चालू आर्थिक वर्ष ४ अर्ब ७३ करोड ३० लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको देखिन्छ । पछिल्लो समय घरजग्गा कारोबारमा आएको मन्दीका कारण ऋण उठ्न नसक्दा खराब कर्जा पनि बढिरहेको छ ।

    व्यापारिक घरजग्गा कारोबारमा मन्दी आएपछि राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही लचिलो नीति लिएको छ । यो नीतिअनुसार आम्दानीको ७० प्रतिशतले थेग्ने गरी घरजग्गा खरिदका लागि ऋण लिन पाइन्छ । कर चुक्ता प्रमाण पेस गरेका आधारमा आम्दानीको विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेको हो । बैंक तथा वित्तीय संस्थाको लगानीको ठूलो आधार नै घरजग्गा हो ।

    वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति ९कृषि तथा गैर(कृषिजन्य वस्तु० सुरक्षणको रूपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

    घरजग्गामा कुन बैंकको कति लगानी हेर्नुहोस् :

    bank-lagaani-1420x2048.png

     

    प्रतिक्रिया दिनुहोस