Logo

Jul 21 2025 | २०८२, साउन ५गते

Jul 21 2025 | २०८२, साउन ५गते

images

दोस्रो बजार भनेको के हो ? दोस्रो  बजारमा कसरी गर्ने सेयर कारोबार ?

दोस्रो बजार भनेको के हो ? दोस्रो  बजारमा कसरी गर्ने सेयर कारोबार ?

  • शेयर बजारलाई लगानी प्रकृतिका हिसाबले दुई वर्गमा विभाजन गर्न सकिन्छ । यसरी विभाजन गर्दा बजारलाई प्राथमिक बजार र दोस्रो बजारको रूपमा परिभाषित गरी विभाजन गर्ने गरिएको छ । प्राथमिक बजारमा कम्पनी, संगठित संस्था वा सरकारले धितोपत्र (शेयर, बन्ड तथा ऋणपत्र) जारी गरेर (बिक्री गरी) सर्वसाधारणबाट आवश्यक पूँजी संकलन गर्छन् । यस्तो निष्काशनमा सर्वसाधारणले कम्पनीको चुक्ता मूल्य वा त्यसमा केही प्रिमियम थप गरी लगानी गर्ने वा त्यस्तो निष्काशनमा आवेदन दिई सहभागी हुने गर्दछन् ।

    यसैगरी दोस्रो बजारमा प्राथमिक बजारमा निष्काशन भएको धितोपत्रहरूलाई सूचीकृत गराई पुनः कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ । विशेषगरी दोस्रो बजारमा प्राथमिक बजारमा सहभागी भएका तथा हुन नपाएकाहरूले सूचीकृत धितोपत्रको खरिद वा बिक्री कार्यमा संलग्न हुने गर्दछन् ।
    दोस्रो बजारमा प्राथमिक बजारमा निष्काशन भएको धितोपत्रहरूलाई सूचीकृत गराई पुनः कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ । विशेषगरी दोस्रो बजारमा प्राथमिक बजारमा सहभागी भएका तथा हुन नपाएकाहरू लगानीकर्ताहरूले सूचीकृत धितोपत्रको खरिद वा बिक्री कार्यमा संलग्न हुने गर्दछन् ।

    यसमा प्राथमिक बजारबाट शेयर प्राप्त गरेका लगानीकर्ताहरूले आफ्नो मूल्य पाएको ठानेमा वा आफ्नो लगानी आवश्यकता पूरा भएको देखेमा बिक्री गर्न खोज्दछन् भने प्राथमिक बजारमा विभिन्न कारणबाट सहभागी हुन नसकेको लगानीकर्ताहरूले दोस्रो बजारमा कम्पनी सूचीकृत भइसकेपछि बिक्रेताबाट शेयर खरिद गरी शेयरधनी बन्ने मौका खोजिरहेका हुन्छन् । यस सन्दर्भमा दोस्रो बजारले खरिद गर्न चाहने तथा बिक्री गर्न चाहने लगानीकर्तालाई खरिद–बिक्रीका लागि आवश्यक तरलता प्रदान गर्दछ ।

    लगानीकर्ताहरूले गर्ने धितोपत्रको आपूर्ति र मागले निर्धारण गरेको मूल्यको आधारमा दोस्रो बजारमा कारोबार हुन्छ । धितोपत्रको माग बढी भएमा मूल्य बढ्छ र कम भए घट्छ । यो गतिशील मूल्य निर्धारण संयन्त्रले धितोपत्रहरूको प्रभावकारी रूपमा मूल्य निर्धारण गर्न र लगानीकर्ताहरूले उचित मूल्य प्राप्त गर्ने सुनिश्चितता प्रदान गर्दछ ।
    दोस्रो बजारको मुख्य फाइदाहरूमध्ये एक तरलता हो । यसले लगानीकर्ताहरूलाई धितोपत्रहरू सजिलै र छिटो किन्न र बेच्न सक्ने सुविधा दिन्छ ।दोस्रो बजारमा लगानी गर्दा जोखिम पनि हुन्छ । धितोपत्रहरूको मूल्य अस्थिर हुन्छ ।

    दोस्रो बजारमा लगानी गर्ने प्रक्रियाः
    १. बैंक खाता खोल्ने
    २. डिम्याट खाता खोल्ने
    ३. ट्रेडिङ खाता खोल्ने

    क) ब्रोकर खाता खोल्नको लागि आफूलाई पायक पर्ने र धेरै लगानीकर्ताले रुचाएको दलाल (ब्रोकर) को कार्यालयमा गएर वा अनलाइन खाता खोल्न सकिन्छ ।
    ख) डिम्याटको जस्तै कारोबार खाता (TMS) को लागि फारम भर्नुपर्छ ।
    ग) फारम भरिसकेपछि तपाईंलाई इमेलमा TMS को Client ID र पासवर्ड Reset को लिंक आउँछ । तपाईंले आफ्नो पासवर्ड बनाउनुपर्ने हुन्छ ।
    घ) पासवर्ड परिवर्तन पछि पुनः लगइन गर्नुपर्छ । लगइन पछि यस्तो प्रकारको Screen खुल्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij