काठमाडौँ । बिहीबार सुनको मूल्य बढेर प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ तय भएको हो । अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँ बढी हो ।
बिहीबार सुनचाँदीको भाउ बढेको छ ।
अघिल्लो दिन २ लाख ३७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँ रहेको चाँदी यस दिन ३०१० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij