Logo

Jun 05 2025 | २०८२, जेठ २२गते

Jun 05 2025 | २०८२, जेठ २२गते

images

अधिकांश वाणिज्य बैंकहरूले निक्षेप ब्याज दर घटाए , बढाउनेमा हिमालयन र माछापुच्छे

अधिकांश वाणिज्य बैंकहरूले निक्षेप ब्याज दर घटाए , बढाउनेमा हिमालयन र माछापुच्छे

  • काठमाडौं। सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंकहरुले असार महिनाका लागि निक्षेप ब्याज दर घटाएका छन् । बैंकहरूले जेठ महिनाको तुलनामा  औसत् ०.१० प्रतिशत बिन्दुले निक्षेप  ब्याजदर घटाएका हुन् ।बैंकहरूले २०८१ जेठमा ७.०६ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत् ब्याजदर ०.१० प्रतिशतले घटाएर  असारका लागि ६.९६ प्रतिशतमा झारेका छन् ।

    असार १ गतेदेखि लागू हुने गरी सञ्चालनमा  रहेका २० मध्ये १२ बैंकले  निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेका छन् ।
    तर हिमालयन र माछापुच्छे बैंकले  निक्षेपको ब्याजदर बढाएका छन्।५ वटा वाणिज्य बैंकले भने असारमा ब्याजदर स्थिर राखेका छन्। असारमा स्थिर राख्ने बैंकहरूमा प्रभु, कृषि विकास, नेपाल, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij