Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट सूचीमा परेकाहरूको आज अन्तर्वार्ता

नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट सूचीमा परेकाहरूको आज अन्तर्वार्ता

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका तीन जनाको सिफारिस गर्न आज अन्तर्वार्ता भइरहेको छ ।यसअघि आवेदकहरू मध्येबाट छनोट गरिएका पाँच जनाहरू मध्येबाट तीन जना छान्न अन्तर्वार्ता सुरु भएको हो ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको सिफारिस समितिमा छनोटमा परेकाहरूलाई कार्ययोजना प्रस्तुतिकरण गर्न लगाई तीन जनाको छनोट गरिने छ ।

    छनोट सूचीमा सामेल भएकाहरूमा  नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी तथा मुक्तिनाथ श्रेष्ठ र व्यवसायी सन्तोषनारायण श्रेष्ठ छन् ।

    आज सिफारिस भई जाने तीन जना मध्येबाट एक जनालाई मन्त्रिपरिषद् बैठकबाट बोर्ड अध्यक्ष नियुक्ति गरिने छ । आयोगका उपाध्यक्ष श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र उदय निरौला सदस्य रहेको समितिले चैत २५ गते अध्यक्षका लागि ५ जनाको नाम निकालेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij