Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारियो, संसदमा अवरोध अन्त्यको प्रयास जारी

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारियो, संसदमा अवरोध अन्त्यको प्रयास जारी

  •  

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेका लागि सारिएको छ। संसदमा जारी अवरोध हटाउने प्रयासस्वरूप बैठकको समय परिवर्तन गरिएको हो। विपक्षी दलहरू भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएका छन्। उनीहरू सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने अडानमा छन्। यसै मागका कारण विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकहरूमा लगातार अवरोध गर्दै आएका छन्। यसअघि बैठक मंगलबार बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो, तर परिस्थिति जटिल रहेकाले बैठकको समय पछाडि सारिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij