Logo

Jul 14 2024 | २०८१, असार ३०गते

images

१५ लाख जति नेपाली रुपैयासहित भारतीय नागरिक मोइटरसाइकलसहित पक्राउ


नया सडक

२०८१, असार ६ बिहीबार

  • 504
    Shares

  • १५ लाख जति नेपाली रुपैयासहित भारतीय नागरिक मोइटरसाइकलसहित पक्राउ

    काठमाडौं।  सशस्त्र प्रहरीले  स्रोत नखुलेको रकमसहिते एक जनालाई नियन्त्रणमा लिएको छ। भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो ।

    images

    सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले रौतहटको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा इलाकाबाट प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएकोछ । 

    बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपातलर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइयो । नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस