Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

सिटिजन्स बैंकको १ लाख ६१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री खुला

सिटिजन्स बैंकको १ लाख ६१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री खुला

  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १ लाख ६१ हजार ५८० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ लाख ५ हजार कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो भने ५६ हजार ५८० दशमलव ७८ कित्ता शेयरका लागि सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् ।

    प्रतिकित्ता १०० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र र सर्वसाधारण लगानीकर्ताले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरीदका लागि आगामी सातदिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij