Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

२०८१ असार १० गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः

२०८१ असार १० गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः

  • काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।  २०८१ असार १० गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः

    १. नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गर्ने ।

    २. आव २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने । रु. ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमा ९३ प्रतिशत हुने गरी बाँकी रकम रु. १६ अर्ब ९९ करोड २२ लाख तत् तत् स्थानीय तहमा हस्तान्तरण गर्ने ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij