Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

अमेरिकी सेनाका विमान नेपाल आएको विषयमा सरकारसँग माओवादी सांसदको जवाफ माग

अमेरिकी सेनाका विमान नेपाल आएको विषयमा सरकारसँग माओवादी सांसदको जवाफ माग

  • काठमाडौं । अमेरिकी सेनाका पाँच विमान नेपाल आएको बारे संसदमा सांसदहरूले जानकारी माग गरेका छन् ।सोमबार प्रतिनिधि सभाको बैठकमा  नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले अमेरिकी एयर फोर्सका पाँच वटा जहाज नेपाल आएकोबारे सरकारसँग जवाफ मागेका हुन् ।

    गत वैशाखको दोस्रो हप्ता अमेरिकी एयर फोर्सको जहाज कतारबाट नेपाल आएको उनले बताए । गत वैशाख ६, ७, ८ र ९ गते अमेरिकी एयर फोर्सको पाँचवटा जहाज कतारबाट प्रत्येक साँझ आउने र बिहान फर्किने गरेको उनले बताए । यस्तै असार २ गते पनि मलेसियाबाट सोही एयर फोर्सको जहाज साँझ आएर बिहान फर्किएको बताउँदै सांसद घर्तीले यी जहाजहरुमा के सामान आयो र किन आएको भनी प्रश्न गरे ।उनले यी विषयमा सरकारी र निजी सञ्चार माध्यमबाट पनि जानकारी सार्वजनिक नभएको भनी सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij