Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस छनोट प्रक्रिया रद्द

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस छनोट प्रक्रिया रद्द

  • काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको जनाएको छ ।अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै यो जनाएको हो ।

    सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया अन्योलमा फसेको थियो ।समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेको थियो । योग्यता पुगेका उम्मेदवारमध्ये तीनभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको भएपनि   सिमितिले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो ।

    महान्यायाधिवक्ता कार्यालयले राय पठाएपछि पनि यसअघि बुधबार दुई पटकसम्म समितिको बैठक बसेको भएपनि कुनै पनि निर्णय हुन सकेको थिएन ।महान्यायाधिवक्ताको रायअनुसार अन्तर्वार्तामा सहभागी नै नभएका उम्मेदवार समेत राखेर नाम सिफारिस गर्ने कि प्रक्रिया खारेज गर्ने भन्ने विषयमा समितिका सदस्यहरूबीच मतभेद् थियो ।

    स्रोतका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा समिति संयोजक डा. मीनबहादुर श्रेष्ठ र सदस्य उदय निरौला सर्टलिस्टमा परेका पाँचै जनाको नाम सिफारिस गर्ने पक्षमा देखिए पनि त्यसमा अर्थसचिव मधु मरासिनीले असहमति जनाएका थिए ।गत ४ माघ २०८० मा गठित सिफारिस समितिले अध्यक्षमा आवेदन माग गरेपछि १९ जनाले आवेदन दिएका थिए ।

    समितिले तीमध्ये पाँचको नाम सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो । सर्टलिस्टमा परेका पाँच मध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणका लागि उपस्थित भएका थिए ।

    तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।

    धितोपत्र सम्बन्धी ऐनको दफा ७ मा सिफारिस समितिले कम्ती तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गर्नुपर्ने व्यवस्थारहेकाले यो प्रक्रिया विवादित बन्यो । अनि अन्ततः प्रक्रिया नै रद्द भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij