Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नकली  भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न  आदेश

नकली  भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न  आदेश

  • काठमाडौं । अदालतले नकली  भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न  आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतले   शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए अनुसार  शुक्रबार पक्राउ परेका झालाई पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

    प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको थियो ।
    नकली   भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने धेरै पछि खुलेको थियो ।छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।

    प्रकरणका मुख्य आरोपीमध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनु’ भनेपछि लेनदेन भएको केसीले बयानमा बताएपछि उनको संलग्नता सार्वजनिक भएको थियो ।

    केसीले ८ मंसिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएको प्रहरीको भनाइ छ ।उक्त चेकको फोटो प्रेमराज पन्थीलाई समेत आफूले पठाएको केसीले बताएका थिए । झाको ठेगाना नखुलेको र खुलेका बखत पुनः पूरक जाहेरीमार्फत अनुसन्धान अघि बढाउने गरी अन्यलाई मुद्दा चलाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij