Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

वीरगञ्ज नाकाबाट निर्यातमा उल्लेखनीय वृद्धि, तीन महिनामा रु २६ अर्बभन्दा बढीका सामान पठाइयो

वीरगञ्ज नाकाबाट निर्यातमा उल्लेखनीय वृद्धि, तीन महिनामा रु २६ अर्बभन्दा बढीका सामान पठाइयो

  • वीरगञ्ज ।गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । 

      प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान  निर्यात भएका छन् । गत आवमा सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए । 

      चालु आवको तीन महिनामा रु १३ अर्ब ९८ करोड मूल्यका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ । 

    यसैगरी, चालु आवको तीन महिनामा रु दुई अर्ब सात करोड मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस  निर्यात भएको छ । साथै रु एक अर्ब ७० करोड मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार तीन सय आठ लिटर सूर्यमुखीको प्रशोधित तेल र रु ९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र र रु ६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात निर्यात भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij