Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा राख्न आदेश

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा राख्न आदेश

  • काठमाडौं ।नकली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार थापालाई थुनामा पठाउन आदेश दिएको हो ।

    सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए अनुसार थापालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले शुक्रबार थापालाई  पक्राउ गरेको थियो। 

    उनी पूर्व गृहमन्त्री  रामबहादुर थापा बादलका छोरा हुन् । शुक्रबार नै विशेष ब्युरोको टोलीले बेचन झालाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्ध पुरक अनुसन्धान गर्ने तयारी गरेको छ। शुक्रबारदेखि लागुहुने गरी सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij